काठमाडौं । पहाडी जिल्लासहित काठमाडौं र ललितपुरमा हुने भोलिको होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरले सम्बन्धित जिल्लावासीलाई होलीको शुभकामना दिदै मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ।
सभ्य रुपले होली मनाउन आग्रह गर्दै काठमाडौं र ललितपुर प्रहरीले कसैलाई पनि इच्छा विपरीत रङ्ग लगाउने कार्य गर्ने र गराउनेलाई कारबाही गर्ने जनाएको छ। साथै मादक पदार्थ सेवन गरेर अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगर्न समेत दुबै प्रहरी परिसरले सम्बन्धित सबैमा अनुरोध गरेका हुन् ।
यदि त्यस्तो गलत गतिविधि गरेको देखिएमा तुरुन्तै प्रहरी कन्ट्रोलको १०० अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरले आग्रह गरेका छन् ।

के भन्छ काठमाडौं प्रहरी ?
कसैलाई जबरजस्ती रङ्ग नलगाऔं ।
अपरिचित व्यक्तिहरूसँग होली नखेलौं ।
बालबालिकाहरुको विशेष ख्याल गरौं ।
ध्वनि प्रदूषण हुनेगरी गीत-संगीत नबजाऔं ।
अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं ।
शरीरमा असर पार्ने रासायनिक रङ्गको प्रयोग नगरौं ।
चाडपर्वको नाममा नशालु पदार्थ वा मदिरा सेवन नगरौं।
पाकेटमारी, लुटपाट वा स्न्याचिङ हुनसक्छ, सचेत रहौं ।
सभ्य, शिष्ट, स्वस्थकर, मर्यादित र सुरक्षित तवरले होली खेलौं ।
चाडपर्वको बहानामा सामाजिक सद्भावमा खलल पुग्ने क्रियाकलाप नगरौं ।
पैदलयात्री वा सवारीसाधनलाई रङ्ग वा पानी छ्याप्ने, हैरानी दिने जस्ता दुर्व्यवहार नगरौं ।
कुनै अपराधिक वा शंकास्पद गतिविधि देखेमा वा थाहा पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सबैमा आग्रह ।

जिल्ला प्रहरी परिसर ललितपुरले गरेको अनुरोध -
"सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता"
होली पर्व २०८१ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना होली पर्वलाई सभ्य, मर्यादित र सुरक्षित बनाउन जिल्ला प्रहरी परिसर ललितपुरको अनुरोध...
होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाऔं।
आत्मिय रुपमा नजिक भएका व्यक्ति आफन्तहरुसंग मात्र होली खेलौं होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौं अपरिचित मानिसहरुको समुहमा होली नखेलौं।
कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानि नलगाऔं, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगरौं, खेल्नै पर्दा प्राकृतिक रंगको प्रयोग गरौं 1
महंङ्गा गहरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं ।
अपरिचित मानिसले दिएको कुनैपनि खाने कुरा नखाऔं।
ट्राफिक नियमको पुर्ण रुपले पालना गरौं, आफु बचौं र रुलाई पनि बचाऔं। मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, मदिरा र असमाजिक क्रियाकलापबाट टाढा रहौं।
सवारी साधनको छतमा समुह बनाई हो-हल्ला गरी नहिड्नुहोस् ।
बिना हेल्मेट मोटरसाईकल नचलाउनुहोस् ।
अशक्त, महिला, बालवालिका, जेष्ठनागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगरौं।
रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा Snatching जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सवधान रहनुहोला ।
इच्छा बिपरितका हरेक कार्यहरु कानुन विपरित मानिन्छन, तसर्थ यस बारेमा छोरा, छोरीलाई सम्झाउनुहोस् ।
होली मनाउने निहुमा सामाजिक सद्भावलाई खलल पर्ने खालका गतिबिधी नगर्नुहोस् ।
कुनै पनि अपराधिक गतिबिधी हुन लागेको वा भएको थाहाँ भएमा तुरुन्तै नेपाल प्रहरीको हट लाईन नं. १०० मा फोन गर्नुहोस् ।
नियम बिपरित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जानकारी गराउदछौं।
होली पर्वलाई शान्त, सभ्य र मर्यादितरुपले मनाउनुहोस्, जिल्ला प्रहरी परिसर ललितपुरको हार्दिक शुभकामना ।