नेभिगेशन
सुरक्षा अपडेट

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गट्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक भक्तपुर नगरपालिका-६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार कायस्थले चलाएको बागमती प्रदेश–०३–००१ ख १८८४ नम्बरको मोटरसाइकलाई बा ३१ प ४४४ नम्बरको ट्रकले आज अपराह्न पौने ४ बजे ठक्कर दिएको थियो।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । डाक्टरले उनलाई ४ बजेर ९ बजे मृत घोषणा गरेको प्रवक्ता नेउपानेले बताए ।

प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्