नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको डीएसपी हुँ भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा राजु पकाउ

काठमाडौं । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ। नक्कली डीएसपी भनेर ठग्दै हिड्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

भक्तपुरको सुर्यविनायक नगरपालिका-४ घर भई हाल ककाठमाडौं-३ बस्दै आएका राजुले विभिन्न व्यक्तिहरुलाई आफू नेपाल प्रहरीको डीएसपी रहेको र काम गरिदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरीका आधारमा महाराजगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका राजुले फरकफरक व्यक्तिलाई कहिले आफू बहालवाला डीएसपी भएर इन्टरपोल शाखामा काम गर्दै आएको र  कसैलाई रिटायर्ड डीएसपी रहेका कारण उच्च पदस्थ व्यक्तिहरु चिनजान रहेकाले विभिन्न देश पठाउने भन्दै ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

राजुले तीन जना पीडितबाट उक्त रकम लिएर सम्पर्कविहीन भएपछि उनीविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले खोजतलास गर्ने क्रममा लुकिछिपी महाराजगन्जमा बसेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका राजुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्