नेभिगेशन
ट्राफिक प्रहरी

अवकाश जान लागेका एसपी राउतलाई ट्राफिक प्रहरीले गर्‍यो बिदाइ

काठमाडौं । नेपाल प्रहरीका एसपी सन्जय बहादुर राउतलाई ट्राफिक प्रहरीले बिदाइ गरेको छ। हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेका एसपी राउत अवकाश जाँदै गर्दा बिदाइ गरिएको हो।

एसपी राउत प्रहरी सेवाको ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश जाँदैछन् ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता समेत रहेका एसपी राउतलाई ट्राफिक प्रहरी प्रमुख एसएसपी बिनोद घिमिरे, एसपी दीपक गिरीले सोमबार मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

बिदाइ कार्यक्रममा ट्राफिक प्रहरी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्