नेभिगेशन
ट्राफिक प्रहरी

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १५० बढी सवारीसाधन नियन्त्रणमा

काठमाडौं । आजको होलीमा ट्राफिक प्रहरीले सयौं सवारीसाधनलाई नियन्त्रणमा (होल्ड) लिएको छ। ट्राफिक नियम उल्लंघन गरेको कसुरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५० बढी सवारीसाधनलाई होल्ड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ९० बढी ठाउँमा चेक प्वाइन्ट  सञ्चालन गरिएको बताएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० बढी सवारी साधन होल्ड गरेको हो। 

नियम विपरीत चलाएका र  कागजात नभएका ५० बध  सवारी साधान होल्ड गरेर राखिएको ट्राफिक प्रहरीका एसपी  दीपक गिरीले जानकारी दिए । उनले भने, ‘तीमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको भेटिएको छ ।’

होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई आज साँझ मात्र सवारी धनीको जिम्मा लगाइने एसपी गिरीले जानकारी दिए । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्