नेभिगेशन
सुरक्षा अपडेट

बाँकेको बाल सुधार गृहमा झडप, ठुलो संख्यामा प्रहरी परिचालन

सीडीओसहित सुरक्षा प्रमुख घटनास्थल पुग्दै

नेपालगन्ज । बाँकेको बाल सुधार गृहमा बालबन्दीबीच भएको झडपले तनाव सृजना भएको छ । गएराति बालबन्दीबीच झडप हुँदा ६ जना घाइते भएको प्रहरी श्रोतले बतायो।

डुडुवा गाउँपालिका-६ स्थित जयन्दु बाल सुधार गृहमा भएको झडपबाट घाइते भएकाहरुलाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरी स्रोतले बताएको छ । 

अहिले त्यहा रहेका बालबन्दी बाहिर निस्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मराज जोशीले जानकारी दिए। उनीसहित सुरक्षा प्रमुखहरु पनि त्यहा पुग्न लागेको जोशीले बताए।

उक्त घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।थप विवरण आउँन बाँकि।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्