नेभिगेशन
सुरक्षा विशेष

दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने माग पहिलादेखि नै राख्दै आएको छु: प्रचण्ड

काठमाडौं। आफूले भूमिगत कालदेखि नै दरबार हत्याकाण्डको छानबिनको माग राख्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

आज समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताएका हुन् । समाजवादी मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताएका हुन् ।

प्रचण्डले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको बताए । समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत उनले बताए । 

"दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं। पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ।’

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्