नेभिगेशन
सुरक्षा अपडेट

धरौटी बुझाउन नसकेर जेल चलान भएका थुनुवाको मृत्यु

काठमाडौं धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका थुनुवाको मृत्यु भएको छ। 

मोरङ जिल्ला अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको मोरङ कारागारले जानकारी दिएको छ। 

आफ्नै घरमा आगो लगाएको घटनामा जितबहादुरलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो।उक्त मुद्दामा अदालतले गत मंसिर २३ गते जितबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

कारागारमा रहेका जितबहादुरको हातखुट्टा नचल्ने समस्या देखा परेपछि उपचारका लागि उनलाई फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको भएपनि उपचारको क्रममामृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्