नेभिगेशन
नेपाल प्रहरी

प्रचण्डको फोटो जलाउने युवक विमानस्थलबाट पक्राउ

चितवन । प्रहरीले पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने युवकलाई पक्राउ गरेको छ।  मकवानपुरको हेटौंडामा शनिबार भएको  कार्यक्रममा प्रचण्डको फोटो जलाएको आरोपमा  प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको हो।

बमले राप्रपाको युवा संगठन मकवानपुर जिल्ला अधिवेशका क्रममा प्रचण्डको फोटो  जलाएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाउने बमलाई आज चितवनको भरतपुर विमानस्थलबाट जहाजमा चढ्न जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

बमले प्रचण्डको फोटो देखाउदै "तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि" भन्दै फोटोमा आगो लगाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्