नेभिगेशन
नेपाल प्रहरी

आईजीपी बन्न राजनीतिक शक्तिकेन्द्रको सहारा, ठुलै पैसाको चलखेल भएको आसंका

काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रहरी प्रमुख बन्न एक जना एआईजीले महाशक्ति प्रयोग गरेका छन् । केही मिडियाले ३१ औं आईजीपी दीपक थापा नियुक्त हुँदै भनेर समाचार प्रकाशन गरिसकेका छन् ।

प्रहरी निकट श्रोत भन्छ-" आईजीपी हुनलाई एआईजी थापाले विभिन्न महाशक्ति राजनीतिक केन्द्रलाई हातमा लिइसकेका छन्।" उनलाई आईजीपी बनाउन ठुलो पैसाको चलखेल भएको बताइएको छ।

अहिलेका आईजीपी बसन्त बहादुर कुँवरको भोलि ४ बजे बिदाई कार्यक्रम हुने हुँदा मन्त्रिपरिषद् बैठक समेत पछि सार्न लगाइएको विशेष श्रोतले बतायो। अनेक तिगरम बाजि गर्दै एआईजी थापालाई आईजी बनाउनु पर्नेमा ठुलै ब्यापारीक शक्ति समेत लागेको बताइएको छ।

केही समय अघिसम्म माओवादी निकट रहेर नेकपा एमालेका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनम हराउन भूमिका रहेको आरोप लागेका एआईजी थापालाई के एमाले नेतृत्वको सरकारले समर्थन गर्छ त भन्नेमा प्रश्न चिन्ह खडा भएको छ।

अहिले ३१ औं आईजीपीका लागि तीन जना एआईजी प्रतिष्पर्धामा छन् । जसमा एआईजी थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।  उनीहरु मध्येबाट एक जना आईजीपी हुनेछन् । 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्