नेभिगेशन
नेपाल प्रहरी

आईजीपी कुँवरसँगै अवकाश जाँदैछन यी एआईजी र डीआईजी

काठमाडौं नेपाल प्रहरीतर्फका ९ जना उच्च प्रहरी अधिकृतहरु आजदेखि अवकाश जाँदैछन् ।

३० वर्षे उमेरहदका कारण आजदेखि प्रहरी प्रमुख बसन्तबहादुर कुँवरसहित एकसाथ धेरै एआईजी र डीआईजीहरु अवकाश जान लागेका हुन। चैत ५ गते अनिवार्य अवकाश हुने भएपनि आजै उनीहरुको बिदाइ हुन लागेको हो।

प्रहरी प्रमुख कुँवरसँगै एआईजी टेक प्रसाद राई,बुद्धि गुरुङ , कुवेर कडायत,दुर्गा सिंह र जनक भट्टराई आजदेखि अनिवार्य अवकाश जान लागेका छन् ।

आजै तीन जना डीआईजीहरु पनि अवकाश जान लागेका छन् । जसमा डीआईजी गणेश चन्द ,ध्रुवराज राउत र भोला रावल रहेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्