नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते

काठमाडौं मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक ३२ वर्षीय राजेन्द्र सुवेदी रहेका छन् ।

गए राति कैलालीको अत्तरिया–धनगढी ६ लेन सडकखण्डको गेटा मेडिकल कलेज अगाडि सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्रको मृत्यु भएको हो।

कैलाली प्रहरीले दिएको जानकारी अनुसार राजेन्द्रको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाजुरास्थित  बुढिनन्दा नगरपालिका-४ का २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनलाई पनि सेती प्रादेशिक अस्पतालमा लगेर उपचार गरिरहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्