नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट ब्राउन सुगरसहित कोहलपुरका दुई युवक पक्राउ

बर्दिया । बर्दिया प्रहरीले दुई युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले ब्राउन सुगरसहित बाँकेको कोहलपुर-१ का २० वर्षीय विजयजंग शाही र कोहलपुर-२ का ३० वर्षीय लोकबहादुर सामैलाई पक्राउ गरेको जानकारी दिएको छ। 

प्रहरीले उनीहरूलाई जिल्लास्थित बढैयाताल गाँउपालिका- ७ कर्णालीपुल नजिकैबाट फक्राउ गरेको हो। भारतबाट नेपाल हिंडेर  आउँदै गरेका उनीहरू कर्णाली पुलनजिक पुगेपछि लु प्र –०३–००१ प १७८२ नम्बरको मोटरसाइकल चढेका थिए। 

प्रहरीको टोलीलाई आशंका लागेपछि खानतलासी गर्दा उनीहरुको साथबाट प्रहरीले ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । 

चैत १ गते पक्राउ परेका उनीहरुविरुद्ध बर्दिया अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्