नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका वरिष्ठ हवल्दार रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं  । नेपाल प्रहरीका वरिष्ठ हवल्दार मृत फेला परेका छन् ।

तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृत  फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

४३ वर्षीय मृतक वरिष्ठ हवल्दार विक रुपन्देही घर भई हाल ऋषिङ प्रहरी चौकीमा कार्यरत रहदै आएका थिए। विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको तनहुँ प्रहरीले जनाएको छ।

तनहुँ प्रहरीका अनुसार विक लामो समयदेखि मानिसक रूपको बिरामी रहेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्