नेभिगेशन
नेपाल प्रहरी

झण्डै साढे ५ क्विन्टल गाँजासहित ३७ वर्षीय सलिन पक्राउ

काठमाडौं  प्रहरीले झण्डै साढे ५ क्विन्टल गाँजासहित ३७ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित सडकबाट ५ क्विन्टल ४७ किलो गाँजा सहित काठमाडौंको टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ ख  ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी मिनि ट्रक चालक सलिनलाई प्रहरीले पक्राउ गरेको  हो ।  

प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्