नेभिगेशन
नेपाल प्रहरी

झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एकजना घाइते

काठमाडौं । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । धनुषाको सबैला नगरपालिका-९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।

प्रहरीको गोली लागेर घाइते हुनेमा स्थानीय सन्तोष यादव रहेको प्रहरीले जानकारी दिएको छ।

ठुलै झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रण लिन गोली चलाउदा सन्तोष घाइते भएका हुन् । 

उक्त स्थानमा आइतबार पनि चोकको नाम राख्ने विषयमा विवाद भएको थियो।  गोली लागेर घाइते भएका सन्तोषको प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्