नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरी प्रमुखमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औं  प्रमुखमा दीपक थापा नियुक्त भएका छन् ।

आज बसेको बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गरेको हो।

हाल सीआईबीमा रहेका थापा २०५२ भदौ १९ मा प्रहरी सेवा प्रवेश गरेका थिए। आज अवकाश जाँदै गरेका प्रहरी प्रमुख बसन्त बहादुर कुँवरसँगै एआईजीमा बढुवा भएका थापा ३१ औं प्रहरी प्रमुख बनेका छन् ।

प्रहरी प्रमुखका लागि उनीसँगै एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिष्पर्धामा थिए। गिरी प्रहरी प्रतिष्ठानमा र तामाङ उपत्यका प्रहरी कार्यालय काठमाडौंमा कार्यरत छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्