नेभिगेशन
नेपाल प्रहरी

वडाध्यक्षमाथि रड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

काठमाडौं । महानगरका वडाध्यक्षमाथि रड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि कामकै सिलसिला रड प्रहार गर्ने भुपेन्द्र गिरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पोखरा महानगरभित्रकि सार्वजनिक सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन गएका वडाध्यक्ष सुवेदी सहित जनप्रतिनिधिमाथि रड प्रहार भएको थियो । 

वडाध्यक्ष सुवेदीसहितको टोली शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेको थियो। सोही क्रममा सुवेदी र वडा सदस्य विमला केसीलाई गिरीले रड प्रहार गरेका थिए  ।

प्रहरीले घटना भएको दुई दिनपछि आक्रमण गर्ने गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेका गिरीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्