नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी प्रमुख (आईजीपी) दीपक थापाले दर्ज्यानी चिन्ह पाएका छन् । गृह सचिव गोकर्णमणि दुवाडीले आज बिहान आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट आईजीपीमा नियुक्त भएका थापालाई गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच गृह सचिव दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

वि.सं. २०७९ चैत ६ मा एआईजीमा बढुवा भएका थापा  २०५२ भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। 

०५२ मा सेवा प्रवेश गरेका थापा वि.सं. २०६३ भदौ ८ मा डीएसपी, वि.सं. २०७२ साउन  ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी र २०७९ असार १७ गते डीआईजीमा भएका थिए।

आईजीपी नियुक्त हुन अघि थापा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख थिए।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्