नेभिगेशन
नेपाल प्रहरी

काठमाडौंमा ट्रकमा राखिएको २५ करोड नगद बरामद

काठमाडौं । अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको २५ करोड नगदसहित केहि व्यक्तिलाई पक्राउ गरेको छ।

विशेष सूचना पाएर गएको अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको झोर महाकाल क्षेत्रबाट उक्त नगदसहित उनीहरुलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार ना १ ख १६५२ नम्बरको ट्रकमा राखेर ल्याइदै गरेको अमेरिकी डलर र युरो गरी २५ करोड नगद बरामद गरेको हो।

अहिले बरामद गरिएको नगदलाई यकिन गर्नका लागि गन्ने काम गरिरहेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। यसबारेमा पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्