नेभिगेशन
नेपाल प्रहरी

बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेका गेस्ट हाउस सन्चालक पक्राउ

काठमाडौं। प्रहरीले बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गेष्ट हाउस सन्चालक रहेका गोरखा पालुङटार नगरपालिका-६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ल रहेका छन् ।

उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्