काठमाडौं । नेपाल प्रहरीले लागुऔषधविरुद्धको अपरेसनमा विभिन्न किसिमका लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।
जसअन्तर्गत प्रहरीले रूपन्देहीको बुटवल उपमहानगरपालिका- फूलबारीबाट नियन्त्रित लागूऔषध सेरिज्याक २५ एम्पुल, फेनारगन २२ एम्पुल र टालजेसिक २४ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय राम दमैलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० बस्ने ३१ वर्षीय सन्देश श्रेष्ठलाई नियन्त्रित लागूऔषध आइपिपिएल ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, ट्रामाडोल ५ सय १९ ट्याब्लेट, भोमाइन ५ सय ट्याब्लेट र नगद ५ हजार ४ सय ५० रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वेल्डिहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले दार्चुलाको महाकाली नगरपालिका-१ छापरी बस्ने ४६ वर्षीया जानकी कार्कीलाई चरेश १ सय ३६ ग्राम सहित पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३२ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-४ उत्तरवेहडी बस्ने २२ वर्षीय करन रतौकीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ कमानेबाट खैरो हेरोइन २ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-८ बस्ने ३७ वर्षीय रनिश थापा, ३५ वर्षीय सुनिल खड्गी र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय धन सिंह वाईबा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० न्यूरेनीबाट खैरो हेरोइन १ ग्राम ४ सय ३० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४३ वर्षीय हुम बहादुर थापा मगर, हेटौंडा उपमहानगरपलिका-२ बस्ने २४ वर्षीय बिजय आले मगर र सोही उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय रबिन सुनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले हुम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले दाङको घोराही उपमहानगरपालिका-१० जलौरा चोकस्थित प्युठानी खाजा पसलबाट ब्राउनसुगर १ ग्राम ७ सय २० मिलिग्राम र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने पर्सा घर भएका ३० वर्षीय सम्साद आलमलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सम्बन्धित प्रहरी कार्यालयले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।