नेभिगेशन
नेपाल प्रहरी

१५ वर्षीया सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

काठमाडौं । एक किशोरलाई प्रहरीले सुस्त मनस्थितिकी  किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

कैलालीको कैलारी गाउँपालिका-८ मा १५ वर्षीया सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। 

बुधबार  साँझ साढे ४ बजे  ती किशोरले बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। कैलाली प्रहरीका अनुसार ती किशोरीलाई स्वास्थ्य जाँच का लागि सेती प्रादेशिक अस्पताल पठा लिएको छ।

पक्राउ परेका ती किशोरमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जानकारी दिएक छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्