नेभिगेशन
सशस्त्र प्रहरी

नेपालगन्ज बजारबाट आइफोनसहितका ५ सय ७० पिस मोबाइल डिस्प्ले सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगन्ज सशस्त्र प्रहरीले बाँकेको नेपालगन्ज बजार क्षेत्रको राँझा चोकबाट ठुलो परिमाणमा विभिन्न कम्पनीका मोबाइल डिस्प्ले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेबाट डीएसपी दीपक चन्दको कमाण्डमा रहेको मोबाइल गस्ती टोलीले नेपालगन्ज-२० राँझा चोकबाट ५ सय ७० पिस मोबाइल डिस्प्ले बरामद गरेको हो।

भारतबाट थोरै संख्यामा ल्याएर भण्डार गरि एकैपटक ठुलो परिमाण बनाएर नेपालगन्जबाट अन्यत्र लैजाँदै गरिएको अवस्थामा आइफोन, वान प्लस लगायतका स्मार्ट फोनका मोबाइल डिस्प्ले सशस्त्र प्रहरीले आज बिहान बरामद गरेको हो।

बरामद गरिएको एक डिस्प्ले बराबर अन्दाजी ३ हजारदेखि ३५ सयसम्म मूल्य पर्ने गर्दछ। उक्त परिमाण अनुसार सशस्त्र प्रहरीले करिब १७ लाख १० हजार रुपैयाँ बराबर मूल्यको डिस्प्ले बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको सबै मोबाइल डिस्प्लेलाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालय नेपालगन्ज बुझाएको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्