नेभिगेशन
सशस्त्र प्रहरी

१ क्विन्टल बढी गाँजा र ट्रक बाराबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

बारा। सशस्त्र प्रहरीले एउटा ट्रकसहित १ क्विन्टलबढी गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक खुम केसीको कमाण्ड रहेको बारास्थित सशस्त्र प्रहरी बलले जिल्लाको पचरौता नगरपालिका-३ रामनगरबाट चैत्र गए राती  १ सय ३ किलो गाँजा सहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बाराको रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट  खटिएको टोलए चेकजाँच क्रममा चाकल बस्ने सिटको वर्नर भित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अबस्थामा  उक्त गाँजा फेला पारेको हो ।

सशस्त्र प्रहरी बाराले बरामद गरिएको गाँजा र ट्रकल्लाई थप अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्