नेभिगेशन
नेपाल प्रहरी

भन्सार छली गरेर ल्याइएका विभिन्न सामाग्रीसहित एउटा गाडी बाँके प्रहरीको नियन्त्रणमा

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट ठुलो परिमाणमा सुर्तीजन्य , पिय पदार्थ र किराना सामानसहित एउटा गाडी नियन्त्रणमा लिएको छ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले नेपालगन्ज-१२ मुक्तिपुरबाट भारतबाट अवैध रुपले भन्सार छली गरेर ल्याइएको चिनी, दाल, पेय पदार्थ, सुर्तीजन्य पदार्थ र सामान ढुवानीमा प्रयोग गरिऐको गाडी समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार बरामद गरिएको गाडीसहितको अवैध सामाग्रीको मुल्य ४ लाख ७८ हजार १ सय रुपैयाँ बराबर रहेको छ। 

बुधबार साँझ बरामद गरिएको गाडीसहित सबै अवैध सामाग्रीलाई आज नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्