नेभिगेशन
नेपाल प्रहरी

कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सजाय पाएका चतुरमान पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सजाय पाएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङ रहेका छन् 

प्रहरी प्रधान कार्यालयका अनुसार  वि.स २०६१ चैत २२ गते. भोजपुरका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाले २०६७ कात्तिक १७ गते  चतुरमानलाई २० वर्ष जेल सजायको फैसला गरेको थियो।

जेल पाए लगत्तै फरार रहेका चतुरमानलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । 

संखुवासभा प्रहरीले पक्राउ परेका चतुरमान जेल सजया भुक्तानका लागि जिल्ला अदालत संखुवासभा हुँदै कारागार पठाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्