नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित तीन जना युवायुवती पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका- १७ छोरेपाटनबाट लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दी घर भइ हाल पोखरा-११ रानीपौवा बस्ने २६ वर्षीया एलिना सोतोन्जा पुन, कास्कीको माछापुच्छ्रे गाउँपालिका- ३ का ४१ वर्षीय सार्जन गुरुङ र माछापुच्छ्रे गाउँपालिका-६ बस्ने ३० बर्षीय सुजन गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ३ सय ४० मिलिग्राम  ब्राउन सुगर,बुप्रिनर्फिन १ सय ४४ एम्पुल, डाईजापाम एक सय ४३ एम्पुल, फेनरागन १ सय ४२ एम्पुल गरी जम्मा ४ सय २९ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका तीन जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी थप  अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्