नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीमा १० डीआईजी पद रिक्त हुँदै, को-को छन् दौडमा?

काठमाडौं । नेपाल प्रहरीमा १० जनाको संख्यामा डीआईजी पद रिक्त हुँदैछ।

पाँच जना एआईजीको अवकाश र दीपक थापा आईजीपीमा बढुवा भएपछि ६ एआईजी पद रिक्त हुँदा ६ जना डीआईजी एआईजीमा बढुवा हुँदा ६ डीआईजीको पद रिक्त हुनेछ। यसअघि नै ४ डीआईजी पद रिक्त भइसक्दा त्यसको संख्या १० पुग्ने भएको हो।

डीआईजी बन्ने लाइनमा रहेका एसएसपीहरु माथिल्लो शक्तिकेन्द्रमा दौडधुप सुरु गरिसकेका छन् । डीआईजी बढुवाको प्रतिस्पर्धामा एक नम्बरमा एसएसपी ओमबहादुर राना छन् । त्यसै गरी क्रमशः एसएसपीहरु माधव प्रसाद श्रेष्ठ,  दिपेन्द्र घर्ति क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, सञ्जिव शर्मा दास, शारदा प्रसाद चौधरी, विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, शेखर खनाल लगायत छन्।

सरासर हेर्दा अब रिक्त हुने १० जना डीआईजी बढुवामा विसं.२०७९ असारमा एसएसपी भएका र विसं. २०८० वैशाखमा एसएसपी बढुवा भएका मध्यबाटै १० जनालाई छनौट गर्नुपर्ने हुन्छ । 

डीआईजी बढुवाका लागि दौडमा अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा,गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन र वसन्त रजौरे पनि छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्