नेभिगेशन
नेपाल प्रहरी

बाँकेको जानकीबाट ठुलो परिमाणको बोइलर कुखुरा, दुईवटा मोटरसाइकलसहित एकजना नियन्त्रणमा

बाँके अवैध तस्करी गरेर भारतबाट ल्याइएको ठुलो परिमाणको बोइलर कुखुरा बाँके प्रहरीले बरामद गरेको छ। 

प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको कमाण्डको टोलीले आज एकाबिहानै ६ बजे जानकी गाउँपालिका-२ बाट डेढ क्विन्टल अवैध बोइलर कुखुरा बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

साईगाउँ प्रहरीले कुखुरा तस्करीमा प्रयोग भएका भे ७ प ९३२१ र भे ३ प १४७४ नम्बर  मोटरसाइकलसहित एक जना तस्कलाई पनि पक्राउ गरेको एसपी कार्कीले बताए ।  एकाबिहानै गएको प्रहरीको गस्ती टोलीले मोटरसाइकल सवार एक जना कुखुरा तस्करलाई पक्राउ गरेपनि अर्को मोटरसाइकल सवार एक जना मोटरसाइकल र कुखुरा त्यही स्थानमै छोडेर फरार भएको प्रहरीले जनाएको छ।

कुखुरा लिएर आउने क्रममा प्रहरीले कुखुरासहित पक्राउ गरेको एक जनालाई मुद्दा चलाइने एसपी कार्कीले भने।  जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएको बोइलर कुखुरा र  मोटरसाइकलको मुल्य २ लाख ३४ हजार ५ सय रुपैयाँ रहेको छ।

बरामद गरिएको कुखुरा, मोटरसाइकल र पक्राउ परेका एकजनालाई जिल्ला प्रहरी कार्यालय बाँके ल्याएर आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्