नेभिगेशन
सुरक्षा अपडेट

ट्याक्टर र स्कुटर एकआपसमा ठोक्किँए, स्कुटर सवार व्यक्तिको मृत्यु

काठमाडौं । ट्याक्टर र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका-११ मा म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटर ठोक्किएर स्कुटरको पछाडि सवार व्यक्तिको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४० वर्षीय प्रेम गिरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागी  धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर गरिएको थियो। गिरीलाई  भारत लैजाजे तयारी हुँदा नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले ४२ वर्षीय स्कुटर चालक सन्तोष कुँवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्