नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट ६३ ग्रामबढी ब्राउन सुगर बरामद, दुईवटा मोटरसाइकलसहित ३ जना पक्राउ

बाँके बाँकेबाट प्रहरीले ठुलो परिमाण लागुऔषधसहित ५ जनालाई पकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नेपालगन्जले गरेको अपरेसनमा शनिबार साँझ जानकी गाउँपालिका-५  बुडियागाउँबाट ३९ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ६६ वर्षीय रम्मन खानलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी बाँके र लागुऔषध ब्यूरोको संयुक्त टोलीले भे. ६ प ३३०७ नम्बरको मोटरसाइकलसहित नगद ४२ हजार ६ सय ५० रूपैयाँ पनि बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

त्यसैगरी शनिबार नै  नेपालगन्ज  उपउहानगरपालिका-१५ सुईया चोक स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको टोलीले जमुनाहा गाँउबाट नेपालगन्जतर्फ गईरहेको  भे १२ प ५४६० नम्वरको मोटरसाइकललाई चेकजाच गर्ने खोज्दा मोटरसाइकल छाडेर भागेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय  जमुनाहबाट आएको प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा  मोटरसाइकलको दाहिन भागको अगाडिको  कवरमा लुकाइराखेको अबस्थामा ११ ग्राम ९७० मिलिग्राम  ब्राउन सुगर बरामद गर्दै मोटरसाइकल नियन्त्रणमा लिएको हो। उक्त मोटरसाइकल चालक फरार रहेको बाँके प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरीको संयुक्त टोलीले नेपालगन्ज - ४ सुर्जेगाँउबाट  शुक्रबार साँझ नेपालगन्ज-१८ कारकाँदो बस्ने ३६ वर्षीय सन्तोष बिष्ट र नेपालगन्ज-४ बस्ने ३४ वर्षीय सागर नाउँलाई १२ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बडाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्