नेभिगेशन
सशस्त्र प्रहरी

पौने ४ लाख नगद भारुसहित राजकुमार सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले पौने ४ लाख बढी भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल रौतहटको टोलीले जिल्लाको दुर्गा भगावती गाउँपालिकाका राजकुमार सुढीलाई ३ लाख ७८ हजार भारुसहित पक्राउ गरेको हो।

जिल्लाको राजदेवी नगरपालिकाको भारतसँग जोडिएको सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका राजकुमारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट साइकल चढेर आउँदै गरेका राजकुमारलाई चेकजाँच गर्दा आलुखुर्सानी राखेको नाइनलको झोलाभित्र पोका बनाएर राखिएको ३ लाख ७८ भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो।

भारुसहित पक्राउ परेका राजकुमारलाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी रौतहटले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्