नेभिगेशन
सुरक्षा अपडेट

ट्यांकरले ठक्कर दिँदा एलकेजीमा पढ्ने दुई बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको बाँकेको बेतहनी

नेपालगञ्ज । बाँकेको बेतहनीमा ट्यांकरले ठक्कर दिँदा एलकेजीमा अध्ययनरत दुई जना बालकको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा स्कुलबाट पढेर घर फर्किँदै गरेका स्थानीय दुई बालक विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिंँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए । अन्दाजी ९-१० बर्षका उनीहरु सहोदर दाजुभाई रहेको बताइएको छ । 

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन् । घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रहरी चौकीमा पनि ढुंगामुढा गरेका छन् ।

आक्रोशित स्थानीयले प्रहरी चौकीमा आगजनी समेत गरिदिएका छन् । अहिले बेतहनी क्षेत्रको अवस्था तनावग्रस्त छ । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ट्यांकर चालक कर्णबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले ठुलो संख्यामा सुरक्षाफौज त्यहा पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्