नेभिगेशन
सुरक्षा अपडेट

घोराहीको प्लाइ उद्योगमा भिषण आगलागी

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकास्थित खैराको प्लाइ उद्योगमा भिषण लागलागी भएको छ।

आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण दलकल, पानी बोक्ने ट्याँङकहरु प्रयोग गरिएका छन् । त्यतिले पनि नपुगेपछि छिमेकी जिल्ला कपिलबस्तुबाट दमकल आइ पुगेको छ । छिमेकी जिल्ला बाँकेबाट पनि दमकल मागिएको छ ।

जिल्लाका निमित्ति प्रहरी प्रमुख चक्रबहादुर शाहका अनुसार घोराही उपमहानगरपालिका–९ खैरास्थित साङग्रिला प्लाई उद्योगमा लागेको आगो बारे प्रहरीलाई राति २ बजेपछि मात्रै खबर भएको थियो । स्थानीयले भने गएराति १ बजेदेखि नै आगलागि सुरु भएको बताएका छन् ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीयपनि खटिएका छन् ।आगोलागीबाट करोडौं क्षतिको अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्