नेभिगेशन
नेपाल प्रहरी

अपराधतर्फ दर्ता भएका ४ हजार मुद्दामा सबैभन्दाबढी बैंकिङ कसुरका

काठमाडौँ फागुनमा मात्रै देशभर ४ हजार ४ सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका १ हजार १ सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । 

काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरी प्रधान कार्यालयले  जानकारी दिएको छ । प्रधान कार्यालयका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बैंकिङ कसुरमा १ हजार १ सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५ सय २१ अपराधका मुद्दा दर्ता भएका छन् । आत्महत्यासम्बन्धी अपराधका ५ सय १, लागुऔषधसम्बन्धी ४ सय १९, चोरीका २ सय ८६, जबर्जस्ती करणीका १ सय ६८, ठगीसम्बन्धी १ सय ६२, सवारी ज्यान मुद्दा १ सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् । 

काठमाडौँ उपत्यकामा १ हजार ३ सय ३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताए । मधेस प्रदेशमा ७ सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा ३ सय ७६, सुदुरपश्चिममा २ सय ७९, गण्डकी प्रदेशमा ३ सय २३ तथा कर्णाली प्रदेशमा १ सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्