नेभिगेशन
नेपाल प्रहरी

दुई युवतीलाई बलात्कार गरेको आरोपमा दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले १९ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पर्वतमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मगरले ती बालिकालाई गत मंसिर ३ गते बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी पाँचथरमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।

रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुबै जनालाई छुट्टाछुट्टै प्रहरी कार्यालयहरुले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्