नेभिगेशन
सुरक्षा अपडेट

त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु, सहचालक घाइते

काठमाडौं त्रिशुलीमा अनियन्त्रित भएर ट्रक खसेको छ। चितवनको भरतपुर-२९ मा रहेको १४ किलोमा कोइला बोकेको मालबहाक ट्रक आज बिहान साढे ६ बजे अनियन्त्रित भएर त्रिशुलीमा खसेको हो।

चितवनको नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको  ट्रक आफै अनियन्त्रित हुँदा  त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जानकारी दिएको छ। ट्रक त्रिशुलीमा खसेको खबर पाए लगत्तै जुगेडीबाट उद्धारमा गएको नेपाल प्रहरीको टोलीले ट्रकका चालक र सहचालकको उद्धार गरेको थियो।

प्रहरीका अनुसार रौतहट घर भएका ३५ वर्षीय चालक रामनारायण यादवको जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको हो भने १९ वर्षीय सहचालक असुन्द्र कुमार यादवको सोही अस्पतालमा उपचार जारी छ।

अनियन्त्रित भएर खसेको ट्रकको आधा भाग त्रिशुलीमा डुबेको छ भने दुर्घटनाग्रस्त ट्रक पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्