नेभिगेशन
नेपाल प्रहरी

यातायात कार्यालयबाटै १२ जना बिचौलिया पक्राउ

काठमाडौं प्रहरीले यातायात कार्यालयबाट १२ जनालाई पक्राउ गरेको छ। बिचौलियाको काम गर्दै आएको आरोपमा प्रहरीले यातायात कार्यालयबाट १२ जनालाई पक्राउ गरेको हो।

मोरङस्थित विराटनगर यातायात कार्यालय अगाडिबाट सर्वसाधारणलाई दुख दिएर काम छिटोछरितो गराउने भन्दै रकम लिएर अनुचित लाभ लिएको गुनासो आएपछि प्रहरीले त्यस कार्यमा संलग्न १२ जनालाई बिचौलियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

मोरङ प्रहरीले दिएको पक्राउ पर्ने बिचौलियामा विराटनगर–५ का अनिल बस्नेत,विराटनगर-३ का सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी  नगरपालिकाका युवराज लम्साल, विराटनगर-४ का राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार,  कटहरी गाउँपालिका-१ का भागवत राजवंशी ,  बुढिगंगा गाउँपालिका-२ का उदय कार्की, बुढिगंगा-१ का सुनिल दाहाल र विराटनगर-३ का अजय कुमार मण्डल रहेका छन् ।

पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान गर्दै मोरङ प्रहरीले मुद्दा  चलाउने तयारी गरेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्