नेभिगेशन
सुरक्षा अपडेट

बाटो खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर स्काभेटर चालकको घटनास्थलनै मृत्यु

काठमाडौं । नयाँ बाटो खन्ने क्रममा माथिबाट झरेको ढुँगा लागेर स्काभेटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

रुकुम पश्चिममा भएको घटनामा मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका - ७ का ३५ बर्षीय भोलाबहादुर बुढाथोकी रहेका छन् ।

बाटो खन्ने क्रममा मंगलबार बेलुकी ५ बजेतिर माथिबाट झरेको ढुँगाले लागेर भे १ क २३३० नम्बरको २१० नम्बरको स्काभेटरका चालक बुढाथोकीको घटनास्थलमै मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका -३ झिम्रुछिप्रा खोलामा वडा नं. २ संगको सीमाना जोड्ने भित्री सडक खन्ने क्रममा बुढाथोकीलाई माथिबाट झरेको ढुँगाले लाग्दा मृत्यु भएको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्