नेभिगेशन
नेपाल प्रहरी

ठुलो परिमाणमा सुनका गहनासहित एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं  । प्रहरीले ठुलो परिमाणमा सुनका विभिन्न गहनासहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको स्वयम्भूबाट प्रहरीले अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित नुवाकोटको विदुर नगरपालिका-५ घर भएर हाल कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त स्वयम्भूको टोलीले दिपेशलाललाई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको हो।

प्रहरीले आरोपीको साथबाट ठुलो परिमाणमा सुनका गहना बरामद गरिएको छ । उनको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना  बरामद गरेको छ ।

अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीसँग उनले भनेका छन्, ‘बङ्गालीहरूले ल्याएर दिएको सुनको गहना बनाएर बेच्न हिँडेको हुँ ।’

गहना बेच्न हिँडेको अवस्थामा पक्राउ परेका उनलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्