नेभिगेशन
नेपाल प्रहरी

झण्डै ३ अर्ब रुपैयाँको अनलाइन जुवा खेलमा संलग्न ११ भारतीय काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपले २ अर्ब रुपैयाँ बढीको अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौं प्रहरीले बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोलमा घर भाडामा लिएर भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्य गरिरहेको अवस्थामा ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। उनीहरुले २ अर्ब ९६ लाख ३३ हजार रुपैयाँ भन्दा बढी रकमको अनलाइन जुवा खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको कसुरमा ११ जना भारतीय नागरिकहरु पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

चैत १२ गते पक्राउ परेका उनीहरुविरुद्द अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस्तो पक्राउ पर्नेहरुको विवरण -

देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बूढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २४ को सनी मिणा, 

देश भारत, राजस्थान प्रदेश आलुवा जिल्ला घर भई ऐ. बस्ने वर्ष २५ को मोहित वर्मा,

देश भारत, राजस्थान प्रदेश शिक्कर जिल्ला घर भई ऐ. बस्ने वर्ष २६ को पिउस भारद्वाज,

देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई ऐ. बस्ने वर्ष २५ को हरकेश डडैया,

ऐ. घर भई ऐ. बस्ने वर्ष २२ को निशांत भारद्वाज,

ऐ. घर भई ऐ. बस्ने वर्ष २३ को आकाश वर्मा,

ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को अंकित कुमार सैनी,

ऐ. घर भई ऐ. बस्ने वर्ष २३ को सन्जु शाकला,

ऐ. घर भई ऐ. बस्ने वर्ष २८ को रामसिंह जाठ, 

ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को लोकेश कुमार,

ऐ. घर भई ऐ. बस्ने वर्ष १९ को विकाश कुमार ।

बरामद सामाग्री 

विभिन्न कम्पनीको मोवाईल फोन थान – ३४ 

विभिन्न कम्पनीको ल्यापटप थान – ५

हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) थान – ४

भारतीय बैंक खाताको चेक बुक थान - १४ 

भारतीय ATM कार्ड थान – २७

भारतीय सिमकार्ड - ४०

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्