नेभिगेशन
नेपाल प्रहरी

लहान प्रहरी प्रमुखमा डीएसपी हिरेन्द्र रोकाया

काठमाडौं । डीएसपी हिरेन्द्र रोकायालाई प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय लहानको प्रमुख बनाएर पठाएको छ।

सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपीलाई परिवर्तन गर्दै डीएसपी रोकायलाई पठाइएको हो।

डीएसपी रोकाया एक अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छन। इन्स्पेक्टर हुँदा ट्राफिक प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालिसकेका डीएसपी रोकाया तत्कालीन समयमा धनुषाको अति संवेदनसिल स्थानको इलाका प्रहरी कार्यालयको कमाण्ड गरिसकेका छन।

यसअघि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत डीएसपी रोकाया सीआईबी पनि बसेको अनुभव छ।तत्कालीन समयमा इन्स्पेक्टर हुँदा बाँके ट्राफिक प्रहरीको प्रमुखका नाताले रोकायाले थुप्रै सर्हानिय कार्य गरेका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्