नेभिगेशन
नेपाल प्रहरी

चोरी भएका दुईवटा मोटरसाइकल र एउटा ई-रिक्सासहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी भएका दुईवटा  मोटरसाइकल र एउटा ई-रिक्सासहित तीन जनालाई पक्राउ गरेको छ।

गत माघ १७ गते नेपालगन्ज-४ बसपार्क नजिकबाट चोरी भएको प्र ०२ ००१प ६९०० नम्बरको बुलेट मोटरसाइकल फेला पारेर सम्बन्धित सवारीधनी बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ भने अनुसन्धानका क्रममा उक्त मोटरसाइकल कोहलपुरबाट फेला पारी चोरीमा संलग्न सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-४ का २१ वर्षीय पवन पाण्डेलाई पक्राउ गरेको गरिएको हो।

त्यसैगरी चैत १२ गते नेपालगन्ज-५ गणेशमान चोक नजिकबाट चोरी भएको  भे १२ प ३०६१ नम्बरको मोटरसाइकल पनि प्रहरीले फेला पारेको छ। उक्त मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज-१६ का २० वर्षीय अमिर ढापालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। खोजतलास गर्ने क्रममा उक्त मोटरसाइकललाई प्रहरीले चैत १३ गते  नेपालगन्ज-१६ बाटै बरामद गरेको हो।

बाँके प्रहरीले नेपालगन्ज-१७ नवाजीगाउँबाट ने१ ह ३०७० नम्बरको ई-रिक्सा चोरीमा संलग्न रहेको आरोपमा जानकी गाउँपालिका-१ का २१ वर्षीय ओम प्रकाश जरवटलाई पक्राउ गरेको छ। ओम प्रकाशलाई प्रहरीले ई-रिक्सा सहित बुधबार  पक्राउ गरेको जानकारी दिएको छ।

चोरी कार्यमा संलग्न रहेका तीनै जनालाई बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्