नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । प्रहरील्र २४ वर्षीय युवकलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ। स्याङ्जा प्रहरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पुतलीबजार नगरपालिका-७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई पक्राउ गरेको हो। 

सुन्दरले ती बालिकालाई शनिबार बलात्कार  गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

मंगलबार पक्राउ परेका गौतमविरुद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरेर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्