नेभिगेशन
अपराध

देवरले गरे जेठी भाउजूको बीभत्स हत्या, माहिला दाइमाथि खुकुरी प्रहार

मकवानपुर । मकवानपुर जिल्लामा आफ्नै भाउजूको देवरले बीभत्स रुपले हत्या गरेका छन् भने आफ्नै माहिला दाइमाथि खुकुरी प्रहार गरेर घाइते बनाएका छन् । हेटौंडा उपमहानगरपालिका-१ स्थित चौकी टोलका २२ वर्षीय राहुल दासले आफ्नै जेठी भाउजूको खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको अनुसार राहुलले बुधबार आफ्नै ३५ वर्षीया भाउजू  गुडिया दासलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । राहुलको खुकुरी प्रहारबाट माहिला दाइ रुपेश दास गम्भीर घाइते भएका छन् । हेटौँडास्थित सहकारी अस्पतालमा उपचाररत रुपेश छ  अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले रुपेशलाई खुकुरी प्रहार गरेर घाइते बनाएको खबर पाए लगत्तै राहुललाई बुधबार नै नियन्त्रणमा लिएको थियो। 

प्रहरीले राहुलले दाइ रुपेशलाई खुकुरी प्रहार गर्नुअघि नै भाउजूको  हत्या गरेर कोठामा बन्द गरेको हुन सक्ने बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको हुँदा राहुलले भाउजूको हत्या गर्नुको उदेश्य र दाइमाथि खुकुरी प्रहार गरेको कारण अझै नखुलाएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

मृतक गुडियाका श्रीमान् रोशन वैदेशिक रोजगारीका लागि कतारमा छ्न। मकवानपुरले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्