नेभिगेशन
नेपाल प्रहरी

ललितपुरको इमाडोलमा खुकुरी प्रहार गरेर एक युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा गएराति  एक युवकको हत्या भएको छ।

महालक्ष्मी नगरपालिका-४ ओछु हाइटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले सुमन रसाइलीलाई पक्राउ गरेको छ।

पक्राउ परेका रामेछाप घर भएका सुमनले गए राति रामेछापकै रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

ललितपुर प्रहरीका अनुसार उनीहरुबीच विवाद भएपछि सुमनले रिपकमाथि खुकुरी प्रहार गरेका हुन् । प्रहरीले सुमनलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्