नेभिगेशन
नेपाल प्रहरी

१ क्विन्टल बढी गाँजासहित एक युवक प्रहरीको नियन्त्रणमा

धनकुटा। प्रहरीले एक क्विन्टल बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

धनकुटाको सहिदभूमी गाउँपालिका-१ सेती चोकबाट १ सय ५ किलो गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई  प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को १ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा  फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।। 

बुधबार राति पक्राउ परेका अभिषेकसँग लागुऔषध कसुरमा  प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्