नेभिगेशन
सुरक्षा अपडेट

विभिन्न स्थानको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।  सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। विभिन्न स्थानमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले दिएको जानकारी अनुसार अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थित सडकमा लु२ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा बस चालक नवलपरासी पश्चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार विक, बसमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिका-६  मा बिआर ३० एसी २३६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ कतरवा टोल बस्ने ५५ वर्षीय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० मा बागमती प्रदेश-०१-०३१ च ५००२ नम्बरको कारमा लु३६ प ८४४० नम्बरको मोटरसाइकल ठक्कर खाएर मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-२ का ६० वर्षीय खेम राज पाठकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्