नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले बरामद गर्‍यो ठुलो परिमाणमा कपडा र मोटर पार्टसका सामाग्री

काठमाडौं । सशस्त्र प्रहरी बलले मेचीनगर नगरपालिका-६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्टस  बरामद गरेको छ  ।

१ करोड रुपैयाँ बराबरको उक्त लत्ताकपडा र मोटर पाट्र्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेकजाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पाट्र्स बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

ती दुई वटा घरमा ठूलो परिमाणमा अबैध सामान रहेको सुचना पाएपछि मंगलबार बिहानै बाट नं. २ गण  झापाबाट डीएसपीको कमाण्डमा टोली खटाएर निगरानी गरी दिउँसो छापा मारिएको थियो ।

बरामद गरिएको लत्ताकपडा र मोटर पार्टसलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्